मंगलवार, १२ कार्तिक, २०८२

प्रचण्डको फोटो जलाउने राप्रपाका युवा नेता भरतपुरबाट पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २ चैत्र, २०८१

प्रचण्डको फोटो जलाउने राप्रपाका युवा नेता भरतपुरबाट पक्राउ

काठमाडौं, ३ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्वीर जलाएको आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता निराजन बमलाई पक्राउ गरेको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको जिल्ला अधिवेशनको क्रममा हिजो शनिबार उनले प्रचण्डको तस्बिर जलाएका थिए ।

उनलाई भरतपुरबाट पक्राउ गरिएको हो ।

advertisement_1680627680.gif