राष्ट्रिय सन्देश संबाददाता, आईतवार, ८ मंसिर, २०८२
२०८२ मंसिर ७, काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ । आइतवार काठमाडौंमा एक कार्यक्रमबीच डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको एकतापछि सो नयाँ पार्टी घोषणा गरिएको हो ।
डा. बाबुराम भट्टराई, जनार्दन शर्मा, सुदन किराती, सन्तोष परियार लगाएतका नेताहरुले पार्टीको झण्डा फहराएर प्रगतिशील लोकतान्त्रिक पार्टी गठनको घोषणा गरेका थिए । पार्टीको चुनाव चिन्ह आँखा रहेको छ भने प्रगतिशील समाजवाद मार्गदर्शक मूल सिद्धान्त रहेको नेताहरुले जनाएका छन् ।
पार्टीमा ७ सदस्यीय अध्यक्ष मण्डल रहने र १५१ जना केन्द्रीय सदस्य रहने बताइएको छ ।