राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १० असार, २०८२
१० असार २०८२, काठमाडौं । प्रतिनिधिसभाको बैठकबाट विनियोजन विधेयक २०८२ पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले विनियोजन विधेयक २०८२ लाई पारित गरियोस् भनी राखेको प्रस्ताव बहुमतले पारित भएको हो ।
त्यसअघि बैठकमा विनियोजन विधेयक २०८२ अन्तर्गत मन्त्रालयहरुको बिभिन्न शीर्षकहरुमाथि सांसदहरुले प्रस्तुत गरेको २३ वटा खर्च कटौतीका प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा अस्वीकृत भएको थियो ।
सरकारले गत जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रूपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो ।
उपप्रधान तथा अर्थमन्त्री पौडेलले जेठ १५ मा सरकारको आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेका थिए ।