मंगलवार, १७ असार, २०८२

प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २७ जेष्ठ, २०८२

प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

२६ जेठ २०८२, काठमाडौँ । प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । बुधबार दिउँसो १ः०० बजे बस्ने गरी बैठक स्थगित भएको हो ।

सभामुख देवराज घिमिरेले आज संसद सुचारू भएको जानकारी दिए लगत्तै माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत विपक्षी दलले बैठक अवरोध गरेका थिए । सभामुख घिमिरेले दलीय आधारमा बोल्न दिन लागेको जानकारी दिए पनि प्रतिपक्षी सांसदहरूले होहोल्ला गरे पछि बैठक आधा घन्टाका लागि स्थगित गरेका थिए ।

यसबीचमा पनि सहमति हुन नसके पछि बुधबार १ः०० बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा एवं छानबिन समितिको अडानसहित विपक्षी दलहरूले निरन्तर संसद अवरोध गरिरहेका छन्। प्रतिनिधिसभा बैठक गत जेठ १३ गते देखी निरन्तर अवरोध भइरहेको  छ ।

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif