राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १४ बैशाख, २०८२
१४ वैशाख २०८२, काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजेबाट सुरू हुने बताइएको छ ।
आजको बैठकमा अर्थ समिति सभापति सन्तोष चालिसेले ‘भन्सार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्नेछन् ।
कानुन, न्याय तथा मानव अधिकार समिति सभापति बिमला सुवेदीले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैंकिङ कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक, २०८०’माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।