शुक्रबार, ५ बैशाख, २०८२

प्रतिनिधिसभाको बैठक बस्दै

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १८ चैत्र, २०८०

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजेदेखि बैठक बसिरहेको हो ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनेछन्।

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ एस ए) को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूची रहेकाे छ ।

बैठकमा अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, आगामी आ.व. २०८०/८१ को बजेट मा सङ्घ, प्रदेश र स्थानीय तहबिच वित्तीय हस्तान्तरणको तयारी, राजश्व र प्राकृतिक स्रोत उपयोग एवं लाभ बाँडफाँडको अवस्था, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस कार्यान्वयनको अवस्था, विद्युत् प्रसारण आयोजनाको हालसम्मको कार्य प्रगति र समस्याको बारेमा छलफल हुनेछ । 

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif