सोमबार, ११ कार्तिक, २०८२

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १४ असार, २०८२

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

१४ असार २०८२, काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा बजेटसँग सम्बन्धित विधेयकहरुलाई पारित गर्ने सम्भावित कार्यसूची छ ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने ‘आर्थिक विधेयक, २०८२’,‘ राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ लाई पारित गर्ने कार्यसूची रहेको छ।

यस्तै, ‘ नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२’ समेत पातिर गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले जानकारी दिए ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणका बारेमा सदनलाई जानकारी गराउने सम्भावित कार्यक्रम छ ।

advertisement_1680627706.gif