सोमबार, ११ कार्तिक, २०८२

प्रतिनिधिसभामा संघीय निजामती सेवा विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन पेस

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १ असार, २०८२

प्रतिनिधिसभामा संघीय निजामती सेवा विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन पेस

२०८२ असार १, काठमाडौँ । संघीय निजामती सेवाको गठन, सञ्चालन लगायतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’सम्बन्धी संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रतिनिधिसभाको आइतबारको बैठकमा समितिबाट पारित प्रतिवेदन पेश गरेका हुन् ।

यही जेठ १४ मा प्रतिनिधिसभाको बैठकमा नै पेस गर्ने कार्यसूची रहे पनि विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै निन्तर बैठक अवरुद्ध गरेपछि पेश हुन सकेको थिएन । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले करिब एक महिनाअघि गत जेठ २ मा उक्त विधेयक समितिबाट पारित गरेको थियो ।

विधेयकमा समितिबाट अवकाश उमेर ५८ बाट ६० वर्ष पु¥याउने, कुलिङ पिरियड २ वर्ष राख्ने व्यवस्था राखिएकोमा यी व्यवस्था हटाउनुपर्ने भन्दै मुख्यसचिवदेखि सचिवसम्मले लबिङ गरिरहेका छन्, तर ती व्यवस्था नहटेको बताइएको छ । २०८१ जेठ १५ को बैठकमा उक्त विधेयक छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय भएको थियो । २०८१ जेठ २३ मा राज्य व्यवस्था तथा सुशासन समितिमा प्राप्त भएको थियो ।

दफबार छलफल गर्ने क्रममा २०८१ भदौ २० गते पहिलो बैठकमा छलफल सुरु भएको थियो । १३ परिच्छेद र १४७ दफा रहेको उक्त विधेयकमा १२४ वटा दर्ता समूहबाट १३० जना सांसदले १ हजार ५८३ संशोधन दर्ता भएका थिए ।

advertisement_1680627706.gif