बिहीबार, ९ जेष्ठ, २०८२

प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको जानकारी

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २९ चैत्र, २०८१

प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको जानकारी

३० चैत्र २०८१, काठमाडौँ । सभामुख देवराज घिमिरेले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधनपछि एक स्थान रिक्त भएको जानकारी दिएका छन् । प्रतिनिधि सभा सदस्य बोहराको यही चैत १९ गते निधन भएको थियो ।

नेपालको संविधानको धारा ८९ को खण्ड च बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान रिक्त हुनआएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१५ को उपनियम २ बमोजिम सूचना प्रकाशित गरिएको संघीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले उल्लेख गरेका छन् । 

सांसद बोहोराको उपचारका क्रममा निधन भएको थियो । 

advertisement_1744958411.jpg
advertisement_1693066608.gif
advertisement_1697293415.gif