मंगलवार, २८ आश्विन, २०८२

मन्त्री परिषदको बैठक ले गर्यो ५ जना मन्त्रीको नाम सिफारिस

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ५ आश्विन, २०८२

मन्त्री परिषदको बैठक ले गर्यो ५ जना मन्त्रीको नाम सिफारिस

२०८२ असोज ५, काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पाँच जना मन्त्रीको नाम सिफारिस गरेको बताइएको छ । प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी हुन् ।

प्रधानमंत्री कार्कीले अनिलकुमार सिह्नालाई उद्योग वाणिज्य, आपूर्ति, कानुन तथा न्याय र भूमिसुधार मन्त्रालय, सहकारी तथा गरिबी निवारण, महावीर पुनलाई शिक्षा तथा विज्ञान प्रविधि, मदनप्रसाद परियारलाई कृषि, जगदीश खरेललाई सञ्चार र संगीता मिश्रा स्वास्थ्यमन्त्रीका रूपमा उनीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको बताइएको छ ।

सिह्ना सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन् । सर्वोच्च अदालतको न्यायाधीशका रूपमा १७ साउन २०७३ मा नियुक्त भएका सिह्नाले ६५ वर्षे उमेर हदका कारण १४ कात्तिक २०८० मा सेवा निवृत्त भएका थिए ।

त्येस्तै सञ्चारमन्त्रीका रूपमा सिफारिस भएका खरेल इमेज मिडिया ग्रुपका समाचार प्रमुख हुन् । वरिष्ठ जलवायु तथा कृषि विज्ञ परियार समता फाउन्डेसनका अध्यक्ष समेत हुन् । उनले यसअघि संविधानसभाको राज्य पुनर्संरचना उच्चस्तरीय आयोगको संयोजक रहेर काम गरेका थिए ।  त्‍यस्तै महावीर पुन राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष हुन् । अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञानमा स्नातकोत्तर गरेका पुन सामाजिक अभियन्ताका रूपमा पनि परिचित छन् ।

मिश्रा पछिल्लो समय स्वास्थ्य अतिरिक्त सचिव थिइन् । पछिल्लो समय  स्वास्थ्य सचिवको पद रिक्त भएपछि नयाँ सचिव नियुक्तिका लागि बढुवा समितिले डा. मिश्रासहित ३ जनाको नाम सिफारिस गरे पनि तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य सचिवमा डा. विकास देवकोटालाई नियुक्त गरेपछि डा. मिश्राले असन्तुष्टि व्यक्त गरेकी थिइन् ।

नया मंत्रीमण्डल को बिस्तार सोमबार हुने बताइएको छ ।

advertisement_1680627680.gif