मंगलवार, २८ आश्विन, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २४ भाद्र, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् ।

जेनजीको आव्हानमा भएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्रीले राजीनामाको घोषणा गरेका हुन् ।

सोमबारदेखि सुरु भएको जेनजी आन्दोलनको क्रममा पहिलो दिन नै कलिला युवा पुस्तामाथि गोली चलाएर डेढ दर्जनभन्दा बढी युवाको हत्याको आदेश दिएपछि चौतर्फी आलोचना खेपिरहेका प्रधानमन्त्रीले अन्ततः मंगलबार पद त्याग्ने निर्णय गरेका हुन् ।

यसअघि सोमबार साँझ भएको मन्त्रिपरिषद बैठकमा भने ओली निकै अहंकारी रुपमा प्रस्तुत भएका थिए । उनले राजीनामा नदिने अडान लिएका थिए । उनले गृहमन्त्री रमेश लेखकलाई समेत राजीनामा नदिन भनेका थिए । तर, लेखकले भने राजीनामा दिए ।

advertisement_1676998982.gif