राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २० मंसिर, २०८१
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा चीन सरकारसँग ऋण सम्बन्धी कुनै सम्झौता नगरेको बताएका छन् ।चार दिने औपचारिक चीन भ्रमण सकेर बिहीबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसंगको कुराकानीका क्रममा उक्त बिषयमा जानकारी दिएका हुन् । चीन भ्रमणमा जानु पुर्व पनि ऋण नलिने भनेर आफुले भनिसकेको तथा चीन भ्रमणमा ऋण सम्बन्धि कुनै सम्झौता नभएको ओलीको भनाइ थियो ।
चीन भ्रमणका क्रममा बीआरआईअन्तर्गत गरिएका सम्झौताअनुसार नेपालले पाउने सबै रकम अनुदान भएको प्रधानमन्त्री ले बताएका छन्। ।