मंगलवार, २८ आश्विन, २०८२

प्रधानमन्त्री कार्यालय गृह मन्त्रालयको नयाँ भवनमा सञ्चालन गरिँदै

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २७ भाद्र, २०८२

प्रधानमन्त्री कार्यालय गृह मन्त्रालयको नयाँ भवनमा  सञ्चालन गरिँदै

२०८२ भदौ २७,काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जेन जीको आन्दोलनका क्रममा आगलागी र तोडफोडले ध्वस्त भएपछी गृह मन्त्रालयको नयाँ भवनमा सञ्चालन गर्ने तयारी  गरिएको छ ।

मुख्यसचिव एकनारायण अर्यालले शुक्रवार बिहानै सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित विभिन्न मन्त्रालयको स्थलगत अनुगमन गरे लगत्तै प्रधानमन्त्री कार्यालय गृह मन्त्रालयको नयाँ भवनमा सञ्चालन गर्न लागिएको बताइएको छ ।

प्राप्त जानकारी अनुसार ‘प्रधानमन्त्री कार्यालय बस्नै नसकिने अवस्थामा ध्वस्त भएपछि पुरानो गृह रहेको ठाउँमा बनिरहेको नयाँ गृह मन्त्रालयको भवनमा अहिले प्रधानमन्त्री कार्यालय सञ्चालन गर्ने तयारी भएको छ । अहिले गृह मन्त्रालय रहेको भवन पनि ध्वस्त भइसकेकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा गृह मन्त्रालय सारेर केशरमहलमा शिक्षा मन्त्रालयलाई सार्ने तयारी भइरहेको  बताइएको छ ।

advertisement_1676551537.gif