राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, २९ असार, २०८१
काठमाडौँ, असार २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका थिए ।
धारा ७६(२) अनुसार शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर अध्यक्ष ओलीले दुई वा दुईभन्दा बढी दलको सरकार बनाउन प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन् । जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टी कांग्रेस-एमाले गठबन्धनमै भए पनि ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेको गठबन्धनका एक नेताले बताए ।
ओलीले संसद्को पहिलो दल कांग्रेसका ८८ र दोस्रो दल एमालेका ७७ गरी १६५ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका छन्।