मंगलवार, १२ कार्तिक, २०८२

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २ श्रावण, २०८१

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

काठमाडौं, साउन २ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आइतबार विश्वासको मत लिने भएका छन् । ओलीले साउन ६ गते आइतबार बस्ने प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेको एमाले सचेतक महेश बर्तौलाले बताएका हुन् ।  

‘संविधानतः प्रधानमन्त्री नियुक्ति भइसकेपछि ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था छ, तर प्रधानमन्त्रीज्यूलाई तुरुन्तै संसदको विश्वास लिएर काम अघि बढाउन सहजता हुन्छ भनेर हामीले केही दिनभित्रै मत लिने तयारीमा लागेका हौं,’ बर्ताैलाले भने, ‘आइतबार नै विश्वासको मत लिनेगरी हामी अघि बढ्छौं ।’

गत असार ३० गते ओली यही आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।  उनलाई  नेपाली कांग्रेसको समर्थनमा राष्ट्रपति रामचन्द्र पौडे‍लले प्रधानमन्त्रीमा नियुक्त गरका थिए ।

उनले कांग्रेस एमालेका १ सय ६६ जना सांसदको समर्थनमा प्रधानमन्त्रीको दाबी पेस गरेका थिए । 

advertisement_1676551537.gif