मंगलवार, १२ कार्तिक, २०८२

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ६ श्रावण, २०८१

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

काठमाडौँ, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् ।

काँग्रेसको समर्थनमा एमाले अध्यक्षसमेत रहेका ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए। प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

नेपाली कांग्रेसको सहयोगमा गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीलाई एमालेसहित, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने भएका छन् । 

एमालेले आज बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूमा ह्विप जारी गरेको छ ।

advertisement_1676551646.gif