राष्ट्रिय सन्देश संबाददाता, बुधबार, ९ आश्विन, २०८१
न्युयोर्क, असोज ९ । संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र फिनल्ययान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच आज भेटवार्ता भएको छ ।उनीहरुबीच राष्ट्रसंघको मुख्यालयमा भेटवार्ता भएको हो ।
भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका प्रमुख लोकबहादुर थापालगायत सहभागी थिए।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली र सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच आज भेटवार्ता भएको छ । उनीहरुबीच राष्ट्रसंघका लागि सामाओको स्थायी नियोगमा भेटवार्ता भएको हो ।