मंगलवार, १२ कार्तिक, २०८२

प्रधानमन्त्री ओली र मुकुल ढकाल बीच भेटवार्ता , भ्रष्टाचार र मिटरब्याज पीडितका समस्या समाधानका लागि दिए सुझाव

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २८ श्रावण, २०८१

प्रधानमन्त्री ओली र मुकुल ढकाल बीच भेटवार्ता ,  भ्रष्टाचार  र  मिटरब्याज पीडितका समस्या समाधानका लागि दिए सुझाव

काठमाडौं, साउन २८ । डा. मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । सोमबार प्रधानमन्त्री ओलीलाई भेटेर १५ बुँदे सुझाव बुझाएका छन् ।

ढकालले प्रशासन सुधारदेखि न्यायालय सुधारसम्मका सुझाव समेटेएिका छन् । ढकालले संविधान संशोधनको सवालमा भने उनले केही नसोचिकन प्रदेश खारेज गर्न भनेका छन्। उनले अहिले जनतामा प्रदेश संरचानलाई लिएर व्यापक निराशा र चिन्ता रहेको दाबी गरेका छन्।

यस्तै, जिल्ला समन्वय समिति खारेज र उपराष्ट्रपति पद पनि खारेज गर्न सुझाव दिएका छन् । डा. ढकालले प्रशासन सुधार, स्थानीय सरकारका भ्रष्टाचार र बेथिति नियन्त्रण, मिटरब्याज पीडितका समस्या समाधान, खानेपानी, सिँचाइ, मल, बजारको व्यवस्थापन गरी किसानका समस्या समाधान गर्न सुझाव दिएका छन्।

अस्पतालसम्म पुग्न सडक कालोपत्रे, शिक्षामा क्यालेन्डर, उद्यमशीलता प्रवर्द्धन एवं उत्पादनमा वृद्धि, सार्वजनिक खरिद ऐनमा सुधार, प्राकृतिक सम्पदाको प्रयोग लगायतका विषय सुधारमा समेटेका छन्।

advertisement_1676551646.gif