बुधबार, ८ जेष्ठ, २०८२

प्रधानमन्त्री ओली र मोदीबीच आज भेटवार्ता हुँदै

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २१ चैत्र, २०८१

प्रधानमन्त्री ओली र मोदीबीच आज भेटवार्ता हुँदै

२२ चैत्र २०८१, बैङ्कक । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज दुईपक्षीय भेटवार्ता हुने भएको छ ।

शिखर सम्मेलनअन्तर्गत स्थानीय समयअनुसार आज अपराह्न चार बजे प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुन लागेको हो । बैंककस्थित होटेल साड्ग्रिलामा भेटवार्ता हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिन थाइल्याण्डको बैंकक पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज दुईपक्षीय भेटवार्ता बताइएको छ ।

प्रधानमन्त्री ओली र मोदी भेटवार्तामा नेपाली पक्षबाट परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल र परराष्ट्रसचिव अमृत राई पनि सहभागी हुनेछन् ।

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif