राष्ट्रिय सन्देश संबाददाता, सोमबार, १६ भाद्र, २०८२
२०८२ भदौ १६, काठमाडौं । ङ्घाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि चीनको थियानचिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीले आज सोमबार रुसका राष्ट्रपति पुटिनसँग भेटवार्ता गरेका हुन् ।
भेटवार्ताको अवसरमा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षमा कुराकानी भएको प्रधानमंत्रीको सचिवालयले जनाएको छ ।उच्चस्तरीय भ्रमणको आदानप्रदान र आर्थिक, शैक्षिक, सांस्कृतिक, सूचना प्रविधि, लगानीलगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको बताइएको छ ।
तियानजिनस्थित मेइक्याङ सम्मेलन केन्द्रमा भएको भेटवार्ता करिब आधा घण्टा चलेको परराष्ट्र मंत्रालयले जनाएको छ ।