राष्ट्रिय सन्देश संबाददाता, सोमबार, १३ श्रावण, २०८२
साउन १२, २०८२ सोमबार काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तान भ्रमणमा जाने भएका छन्।तुर्कमेनिस्तानको औपचारिक भ्रमणका लागि प्रधानमन्त्री ओली साउन १८ गते त्येस तर्फजाने बताइएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको साउन १८ देखि २३ गतेसम्म हुने तुर्कमेनिस्तान भ्रमणलाई स्वीकृति प्रदान गरेको बताइएको छ ।