शनिबार, ६ बैशाख, २०८२

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ७ जेष्ठ, २०८१

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने भएका छन्। नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उनले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको अहिले बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री प्रचण्ड चौथो पटक विश्वासको मत लिन लागेका हुन्।

हाल सरकारमा एमाले, माओवादी, रास्वपा, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी छन्। एमालेका ७७ माओवादीका ३२, रास्वपाका २१, एकीकृत समाजवादीका १०, जसपाका ७ र नागरिक उन्मुक्तिका ४ सांसद छन्।

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif