शनिबार, ६ बैशाख, २०८२

प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २२ असार, २०८१

प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने

काठमाडौँ, असार २० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले असार २८ गते विश्वास मत लिने भएका छन्। प्रतिनिधि सभाको असार २८ गतेको बैठकमा प्रधानमन्त्री दाहालले विश्वास मतको प्रस्ताव राख्न लागेका हुन्।

प्रधानमन्त्री दाहालले सङ्घीय संसद्का महासचिवलाई आज एक पत्र पठाएर उक्त दिन विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने भएकाले आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेका हुन् ।

“मेरो नेतृत्वमा संवत् २०७९ पुस ११ गते गठित सरकारमा सहभागी दलहरुमध्ये एक दलले आफ्नो समर्थन फिर्ता लिएको हुँदा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान भए अनुरुप उक्त विषय संवत् २०८१ साल असार २८ गतेको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध छ”, प्रधानमन्त्रीले लेखेको पत्रमा भनिएको छ ।

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif