राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २२ श्रावण, २०८२
२०८२ साउन २१, तुर्कमेनिस्तान । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र आयोजक राष्ट्र तुर्कमेनिस्तानका राष्ट्रपति सरदार बेरदिमुहामेदोभबीच आज दुईपक्षीय भेटवार्ता भएको छ ।
भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा आज भएको भेटवार्ताका गरेका हुन् । सो भेटवार्ताको क्रममा राष्ट्रपति सरदार बेरदिमुहामेदोभ नेपाल भ्रमणका लागि निमन्त्रणा गरेका छन् ।
भेटपछि दुवै मुलुकका सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले दुईपक्षीय हित, चोसो, सहयोग र सहकार्यसहित दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ र उपलब्धिमूलक बनाउनलगायतका विषयमा छलफल भएको बताए ।
सो अवसरमा उनले छोटो समयावधिमा तुर्कमेनिस्ताले गरेको विकासको प्रशंसा गर्दै नेपाल सन् २०२६ मा विकासशील मुलुकमा स्तरोन्नति हुने जानकारी गराएका थिए ।