मंगलवार, १२ कार्तिक, २०८२

प्रधानमन्त्रीसँग नेपालका लागि दक्षिण कोरियाली राजदूतको शिष्टाचार भेट

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ५ भाद्र, २०८१

प्रधानमन्त्रीसँग नेपालका लागि दक्षिण कोरियाली राजदूतको शिष्टाचार भेट

काठमाडौं, भदौ ५ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले आज शिष्टाचार भेट गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आर्थिक, व्यापार लगानी, पर्यटन प्रवर्द्धनलगायत दुई पक्षीय हितका विविध क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

 भेटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो

advertisement_1676551646.gif