राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २८ जेष्ठ, २०८१
काठमाडौँ जेठ २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको भ्रमण सकेर स्वदेश फर्किएका छन् । प्रधानमंत्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथग्रहण कार्यक्रममाा सहभागी भई स्वदेश फर्किएका हुन्।
प्रधानमन्त्री दाहाल भारतीय समकक्षी नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा सरिक हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार अपराह्न नयाँदिल्ली प्रस्थान गरेका थिए ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, सांसद, सुरक्षा निकायका प्रमुख तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारी लगायतले स्वागत गरेका थ्रिाए ।
प्रधानमन्त्री प्रचण्डले भारतमा भ्रमणको क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग भेटवार्ता गरेका थिए ।