राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २६ भाद्र, २०८१
काठमाडौँ। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा दीपकराज जोशीको नियुक्तिविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।न्यायाधीश कुमार चुँडालको एकल इजलासले रिटकाे सुनुवाइ गर्दै १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश गरेको हो ।प्रमुख कार्यकारी अधिकृतका अर्का प्रतिस्पर्धी धनञ्जय रेग्मीले मंगलबार जोशीको नियुक्ति कार्यान्वयन नगर्न आदेश माग गर्दै रिट निवेदन दायर गरेका थिए ।
परीक्षामा आफूले बढी नम्बर प्राप्त गरे पनि नियमविपरीत जोशीलाई नियुक्ति गरिएको दाबी गर्दै रेग्मीले रिट निवेदनमा बोर्डको निर्णय बदर गरेर आफूलाई नियुक्ति दिलाउन माग गरेको बताइएको छ।