शनिबार, ६ बैशाख, २०८२

परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २ भाद्र, २०८१

परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने

काठमाडौं, भदौ २ । भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तय भएको छ ।

राणाले सोमबार साँझ साँढे ७ बजे भारतीय प्रधानमन्त्री मोदीसँग नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता हुने समय तय भएको परराष्ट्र परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राणा भारतको पाँच दिने औपचारिक भ्रमणका लागि आज आइतबार नयाँ दिल्ली पुगेकी हुन् । परराष्ट्रमन्त्री नियुक्त भएपछिको राणाको यो पहिलो विदेश भ्रमण हो । मन्त्री राणालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रालयका उत्तरी महाशाखा प्रमुख अनुराग श्रीवास्तवले स्वागत गरेका छन् ।

भ्रमणका क्रममा मन्त्री राणाले भारतीय समकक्षी विदेशमन्त्री जयशंकरसँग सोमबार दिउँसो भेटवार्ता हुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतका विदेशमन्त्री डा. एस. जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा पुगेकी नेपाल–भारत सम्बन्धलाई थप सुमधुर बनाउन र सहयोग अभिवृद्धिमा पारस्परिक हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनी विहिबार स्वदेश फर्किने तालिका रहेको छ ।

advertisement_1744958411.jpg
advertisement_1693066608.gif
advertisement_1697293415.gif