मंगलवार, १२ कार्तिक, २०८२

परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ३ भाद्र, २०८१

परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

तस्विर: राष्ट्रिय सन्‍देश

काठमाडौं, भदौ ३ । भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय समकक्षी विदेशमन्त्री एस. जयशंकरबीच आज दिउँसो नयाँ दिल्लीमा भेटवार्ता भएको छ।

उनीहरुबीच द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विविध पक्ष, आपसी सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको मन्त्री राणाको सचिवालयले जनाएको छ । मन्त्री डा राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले स्वागत गरेक थिए।

भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा मन्त्री डा राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेकी हुन्।

परराष्ट्रमन्त्री राणाले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्ने कार्यक्रम छ । मन्त्री डा राणा यही भदौ ६ गते स्वदेश फर्कने तालिका छ ।

advertisement_1676553851.gif