राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, १० श्रावण, २०८२
९ साउन २०८२, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्ने भएकी छन् । उनले बानेश्वरस्थित कार्की बैंकिटमा भोलि दिउँसो ३ बजे विशेष पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् ।
नेकपा एमालेले सदस्यता नवीकरण रोकेपछि भण्डारीले आफ्नो औपचारिक धारणा सार्वजनिक गर्न लागेकी हुन् ।
गत मंगलबार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले उनको पार्टी सदस्यता अमान्य घोषणा गर्दै उनलाई पार्टी राजनीतिमा रोक लगाउने निर्णय गरेको छ।