राष्ट्रिय सन्देश संबाददाता, बुधबार, ११ भाद्र, २०८२
२०८२ भदौ ११, काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेसकी ईश्वरी न्यौपाने निर्विरोध चयन भएको घोषणा गरिएको छ ।
बुधबार बसेको समितिको बैठकमा समिति सदस्य सर्वेन्द्र नाथ सुक्लाले प्रतिनिधिसभाको नियमावली २०७९ को, नियम १७६ को, नियम ४ बमोजिम सदस्य ईश्वरी देवि न्यौपाने राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा निरविरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।
समितिका निवर्तमान सभापति रामहरि खतिवडाले इश्वरी देवि न्यौपानेलाई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा निर्वाचित गरियोस् भनि प्रस्ताव प्रस्तुत गरेका थिए ।
निवर्तमान सभापति रामहरि खतिवडालगायतका समिति सदस्यले न्यौपानेलाई समिति बैठकमा खादासहित बधाई तथा शुभकामना दिएका थिए ।