राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १० भाद्र, २०८२
२०८२ भदौ १०, काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा मनोनयन दर्ता आज हुँदैछ । समितिको सभापतिमा कुनै सदस्यलाई निर्वाचित गर्न अर्को एक सदस्यको समर्थनसहित मनोनयन प्रस्ताव दर्ता गर्न सकिने व्यवस्था रहेको छ ।
मनोनयन दर्ताको समय मंगलबार दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि तय गरिएको छ । दर्ता सकिएलगत्तै सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र भोलि बुधबार दिउँसो १ बजे निर्वाचन गर्ने तालिका सार्वजनिक गरिएको छ ।
राज्य व्यवस्था समिति सभापतिको पद साउन २८ गतेदेखि खाली छ । तत्कालीन सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त पदमा निर्वाचन हुन लागेको हो ।