राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २९ भाद्र, २०८२
२०८२ भदौ २९, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै दुई जना नयाँ मन्त्री नियुक्त गरेकी छन् । उनले आज आइतबार तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी हुन् ।
पूर्वअर्थसचिव समेत रहेका रामेश्वर खनाल अर्थमन्त्री रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई उर्जा, भौतिक पूर्वाधार र सहरी विकाससमेतको जिम्मेवारी दिइएको छ ।
त्यस्तै मप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी दिइएको बताइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार तीनै मन्त्रीको शपथ ग्रहणको तयारी भइरहेको छ । भोलि बिहान शपथ हुने समेत बताइएको छ ।