राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ९ भाद्र, २०८२
२०८२ भदौ ०९, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामै पठाउने जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध उच्च अदालतमा रिट निवेदन दिएका छन् ।
सुप्रिम बचत तथा ऋण सहकारी प्रकरणमा उनले आफ्नै नाममा देखिएको दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटीस्वरूप बुझाएर थुनामुक्त हुन माग गरेका थिए । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले लामिछानेलाई थुनामै राखेर अनुसन्धान अघि बढाउन आदेश जारी गरेको थियो ।
गत साउन २६ गते जारी गरेको आदेशविरुद्ध रवि उच्च अदालत उच्च अदालतमा पुनरावेदन गरेका हुन् । अदालतका शाखा अधिकृत एवम् सूचना अधिकारी रामबहादुर कुँवरले जिल्लाको आदेशमा चित्त नबुझेको भन्दै सोमबार रविले निवेदन दर्ता गराएको जानकारी दिए ।