सोमबार, ११ कार्तिक, २०८२

राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रले नारायण दाहाललाई उम्मेदवार बनाउने

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २७ फाल्गुन, २०८०

राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रले  नारायण दाहाललाई  उम्मेदवार बनाउने

काठमाडौँ। नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्षमा  नारायण दाहाललाई उम्मेदवार बनाउने भएको छ। उनि एमाले सहितको नया गठबन्धनको साझा उम्मेदवार बन्नेछन। आज साँझ बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले दाहाललाई राष्ट्रिय सभाको अध्यक्षमा उठाउने निर्णय गरेको बताइएको छ । 
उनी माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाई हुन्। दाहाल २०७८ सालमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका थिए । 

यस अघि राष्ट्रिय सभाको अध्यक्षमा झक्कु सुवेदी, उर्मिला अर्याल लगायतका व्यक्तिहरुको नामको समेत चर्चा चलेको थियो। 


 

advertisement_1676551694.gif