मंगलवार, १२ कार्तिक, २०८२

राष्ट्रियसभाबाट पारित भयो संक्रमणकालीन न्यायसम्बन्धी विधेयक

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ६ भाद्र, २०८१

राष्ट्रियसभाबाट पारित भयो संक्रमणकालीन न्यायसम्बन्धी विधेयक

काठमाडौं, भदौ ६ । राष्ट्रियसभाबाट संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक विनासंशोधन पारित भएको छ । आज बिहीबार बसेको राष्ट्रियसभाको बैठकले सो विधेयक पारित गरेको हो ।

सभाको आजका बैठकले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।

त्यसअघि कानुनमन्त्री चौरसियाद्वारा प्रस्तुत ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त प्रस्तावमाथि दफावार प्रारम्भ हुने जानकारी गराएका थिए । उनले उक्त प्रस्तावमाथि संशोधन प्रस्ताव दर्ता नभएको व्यहोरा जानकारी गराए। सो प्रस्तावमाथि दलीय आधारमा छलफल भएको थियो। राष्ट्रियसभाले सो विधेयक पारित गरेर प्रतिनिधिसभामा फिर्ता पठाएको छ।

advertisement_1676998982.gif