मंगलवार, १२ कार्तिक, २०८२

राष्ट्रियसभा बैठक बस्दै, ४ मन्त्रीले सांसदका प्रश्नमा जवाफ दिने

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १२ चैत्र, २०८१

राष्ट्रियसभा बैठक बस्दै, ४ मन्त्रीले सांसदका प्रश्नमा जवाफ दिने

१३ चैत्र २०८१, काठमाडौं । राष्ट्रियसभा बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार सो बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ। बैठक दिउँसो १ः१५ बजे बोलाइएको छ ।

आजको बैठकमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सबन्धित मौखिक प्रश्नहरूको सबन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मुस्लिम आयोगको आर्थिक बर्ष २०८०/८१ को बार्षिक प्रतिबेदन’ सभासमक्षा पेश गर्नेछन् भने विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘दलित समुदायको अधिकार तथा विकास सबन्धमा कानुनी ब्यवस्था आवाश्यक्ता सबन्धी प्रतिबेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

advertisement_1676553908.gif