सोमबार, ११ कार्तिक, २०८२

राष्ट्रियसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २४ श्रावण, २०८२

राष्ट्रियसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची

२०८२ साउन २३, काठमाडौं । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज  बस्दैछ । शुक्रवार बिहान सवा ११ बजे संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री केपी ओलीले ‘महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदन’ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै, विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभा समक्ष पेस गर्नेछन् ।

साथै, बैठकमा सभाका अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने छन् ।

advertisement_1676553908.gif