मंगलवार, २८ आश्विन, २०८२

राष्ट्रपतिले बोलाए सर्वदलीय बैठक

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २४ आश्विन, २०८२

राष्ट्रपतिले बोलाए सर्वदलीय बैठक

आश्विन २४, २०८२, काठमाडौँ । सरकारले तोकेको निर्वाचन मिति फाल्गुन २१ मा  नर्वाचन सम्पन्न गराउने विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दल र प्रधानमन्त्री सहित बर्तमान सरकारसँग छलफल गर्ने भएका छन्  ।संसद्‌मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल र सरकारलाई राष्ट्रपतिले शितल निवास बोलाएका हुन् ।

छलफल राष्ट्रपति निवास शीतल निवासमा दिउँसो ४ बजे सुरु हुने राष्ट्रपतिको सचिवालयले जनाएको छ । जेन-जी आन्दोलनपछि बनेको अन्तरिम सरकारलाई ६ महिनाभित्र चुनाव गर्नुपर्ने म्यान्डेट छ ।

प्रतिनिधिसभाको निर्वाचन गराउने जिम्मेवारीसहित सरकार गठन भएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीले ९ असोजमा राष्ट्रका नाममा सम्बोधन गरेकी थिइन् । २१ फागुनमा निर्वाचन मिति घोषणा भइसकेको छ ।

advertisement_1676551646.gif