शनिबार, ६ बैशाख, २०८२

राष्ट्रपति पौडेल र प्रधानमन्त्रीबीच भेटवार्ता

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २६ जेष्ठ, २०८१

राष्ट्रपति पौडेल र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ, जेठ २६ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीले राष्ट्रपति भवन शीतल निवासमा शनिबार राष्ट्रपतिलाई भेटेका हुन्।

राष्ट्रपति भवन शितल निवासमा शनिबार भएको सो भेटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो आसन्न भारत भ्रमणबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन आइतबार भारत प्रस्थान गर्नेछन्।

प्रधानमन्त्रीको भ्रमण टोलीमा उनकी छोरी गंगा दाहाल, कानुन तथा संसदीय मामिला मन्त्री पदम गिरी र उच्चपदस्थ सरकारी अधिकारी रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif