राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, १० श्रावण, २०८२
९ साउन २०८२, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसंग सभामुख देवराज घिमिरेले भेट गरेका छन् । राष्ट्रपति निवास शीतल निवासमा उनीहरुबिच भेटवार्ता भएको हो ।
भेटमा राभामुख घिमिरेले संसदका सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलन नेपालको सहभागीता बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराइएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुनका लागि २७ जुलाईमा जेनेभा जाने कार्यक्रम रहेको छ ।