मंगलवार, २८ आश्विन, २०८२

राष्ट्रपति पौडेलद्वारा विपिनको रिहाइका लागि पहल गरिदिन जोर्डनका राजालाई आग्रह

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १० भाद्र, २०८२

राष्ट्रपति पौडेलद्वारा विपिनको रिहाइका लागि पहल गरिदिन जोर्डनका राजालाई आग्रह

२०८२ भदौ १०, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलबाट हमासको कब्जामा परेर बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि जोर्डनका राजासँग आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले राजा अब्दुल्ला द्वितीयलाई पत्र पठाउँदै जोशीको रिहाइको लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

उनले पत्रमा यस प्रयोजनका लागि जोर्डनी समकक्षीले चाल्ने सबै मानवीय तथा कूटनीतिक कदमको नेपाल र नेपाली जनताले उच्च प्रशंसा र स्वागत गर्ने उल्लेख गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

आइतबार राष्ट्रपति पौडेललाई जोशीका आमा र बहिनीले राष्ट्रपति भवन शीतल निवासमा भेटेर रिहाइको लागि पहल गरिदिन आग्रह गरेका थिए।

advertisement_1680627706.gif