सोमबार, ११ कार्तिक, २०८२

राष्ट्रपतिद्वारा कतारका राजाको सम्मानमा रात्रिभोज आयोजना

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ११ बैशाख, २०८१

राष्ट्रपतिद्वारा कतारका राजाको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा मंगलबार साँझ रात्रिभोजको आयोजना गरेका छन् ।

होटल सोल्टीमा आयोजना गरिएको रात्रिभोजमा नेपाली परम्परागत झाँकी सहित सांस्‍कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

रात्रिभोजमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश, पूर्व प्रधानमन्त्रीहरू, निजी क्षेत्रका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

कतारका अमिर अल थानी राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा आज अपराह्न त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए । राष्ट्रपति पौडेलले विमानस्थलको अतिविशिष्ट कक्षमा उनको स्वागत गरेका थिए।

advertisement_1676553851.gif