मंगलवार, १२ कार्तिक, २०८२

राष्ट्रपतिद्वारा नवनियुक्त पाँच देशका राजदूतले लिए शपथ

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ८ पुष, २०८१

राष्ट्रपतिद्वारा नवनियुक्त पाँच देशका राजदूतले लिए शपथ

८ पुष, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका नवनियुक्त राजदूतलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनियताको शपथ लिएका हुन् ।

शपथ लिनेमा रुसी महासंघको राजदुतमान नियुक्त जंगबहादुर चौहान, संयुक्त अधिराज्यको राजदूतमा नियुक्त चन्द्रकुमार घिमिरे, स्पेनको राजदुतमा नियुक्त शनिल नेपाल, गणतन्त्र कोरियाको राजदूतमा नियुक्त डा. शिवमाया तुम्बाहाङ्फे र भारतको राजदूतमा नियुक्त डा. शंकर प्रसाद शर्मा रहेका छन् ।

उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

advertisement_1676551537.gif