शनिबार, ६ बैशाख, २०८२

रवि लामिछानेको कांग्रेसलाई प्रश्न, मिडियामा आएकै भरमा सबैको छानबिन समिति बनाउन तयार हो ?

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ६ जेष्ठ, २०८१

रवि लामिछानेको कांग्रेसलाई  प्रश्न, मिडियामा आएकै भरमा  सबैको  छानबिन समिति बनाउन तयार हो ?

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा आफूमाथि लागेको आरोपमाथि जवाफ दिने क्रममा कांग्रेस महामन्त्री गगन थापा, आरजु देउबा,धनराज गुरुङ,रामहरी खतिवडा लगाएतका कांग्रेस नेताहरुको नाम नलिएरै घुमाउरो तरिकाले मिडियामा आएकै भरमा छानबिन हुने ओ भने यी सबैको छानबिन हुन् तयार हो भने आफु पनि व्यक्ति केन्द्रित छानबिनमा तयार रहने बताएका छन् । लामो समय देखि संसदीय समिति बनाउनु पर्छ भन्दै माग राखी सदन अबरुद्ध गर्दै गृहमन्त्री रवि लामिछानेलाइ सदनमा बोल्न दिएको थिएन।  

आजको प्रतिनिधि सभामा आफ्नो भनाइ राख्ने मौका पाएका लामिछानेले कांग्रेस महामन्त्री गगन थापाको नाम नलिइकन उनले घुमाउरो रुपमा त्रिचन्द्र कलेजमा स्ववियु सभापति हुदा देखि बाख्रापालन सम्ममा घोटाला गरेको टिप्पणीहरु मिडियामा आएको बताए । नेपाली कांग्रेसले आफुलाई डेढ बर्षका लागि आफुलाई प्रधानमन्त्रीको आफर गरेको प्रसङ्ग खुलाउदै त्यो अस्वीकार गरेकै भरमा सदनमा आफु बिरुद्ध निरन्तर लागेको आरोपलामिछानेले लगाए।

उनले सम्बोधनका क्रममा नेपाली कांग्रेसका संसद तथा नेताहरु प्रति मिडियामा आएका बिषयहरुलाई मिडियाको नाम र मिति समेत उल्लेख गरि अनियमितता भएका समाचारहरु छापिएका बताउदै व्यक्ति केन्द्रित भएर छानबिन गर्न यी सबैका लागि समिति बनाउन तयार भए आफु पछि नहट्ने बताए । उनले सम्बोधनका क्रममा लामो इतिहास बोकेको लोकतान्त्रिक दल  नेपालि कांग्रेस सदनमा कस्तो अभ्यास गर्न खोजेको हो ? भन्दै  प्रश्न गरे ।

छानबिन समिति समग्र सहकारी ठगि प्रकरणलाई सम्बोधन हुने गरि बनाउने भने पनि नेपाली कांग्रेस को अडानका कारण सहमति हुन सकेन । नेपाली कांग्रेसले रबि लामिछानेको नाम उल्लेख गर्नु पर्ने अडान राखेपछि संसदीय समिति बनाउने बिषयमा सहमति  हुन नसकेको बताइएको छ  ।

उपप्रधान तथा गृहमन्त्री लामिछानेको सम्बोधन पछि कांग्रेसका सांसदहरु उठे पछि सभामुखले भोलि सम्मका लागि प्रतिनिधि सभाको बैठक सारिएको बताए। 

advertisement_1744958411.jpg
advertisement_1693066608.gif
advertisement_1697293415.gif