मंगलवार, २८ आश्विन, २०८२

रवि लामिछानेको रिटमा उच्च अदालतको बुटवल इजलासबाट कैफियत प्रतिवेदन माग

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ११ भाद्र, २०८२

रवि लामिछानेको रिटमा उच्च अदालतको बुटवल इजलासबाट कैफियत प्रतिवेदन माग

२०८२ भदौ ११, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गर्ने आदेश भएको छ । 

लामिछानेले बिगोबापतको बैंक जमानत राखेर रिहा हुन पाउनु पर्ने माग गर्दै दायर गरेको निवेदनमा उच्च अदलत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश सागर बिष्टले जिल्ला अदालतबाट प्रतिवेदन मागेका हुन् ।

यसअघि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले लामिछानेको निवेदन अस्वीकार गरेको थियो । लामिछाने उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेश अनुसार गत चैत २२ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका छन् ।

advertisement_1676998982.gif