राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १८ बैशाख, २०८२
१८ बैशाख २०८२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता भएको हो ।
प्रमुख विपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि यस छलफलमा सहभागी हुने भनिएको भएपनि उनी उपस्थित नभएको बुझिएको छ ।
प्रधानमन्त्री ओलीले शुक्रबार ल्याउन लागेको सरकारको नीति तथा कार्यक्रमको विषयमा छलफल गर्न बोलाएको भएपनि प्रचण्ड बैठकमा अनुपस्थित भएका छन् ।