राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १९ भाद्र, २०८२
२०८२ भदौ १९, काठमाडौँ । एनसेलले आफ्नो मोबाइल डाटाबाट सरकारले रोक लगाएका सामाजिक सञ्जालहरू नचल्ने जानकारी गराएको छ ।
एनसेलले बिहीबार साँझ सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम दिइएको निर्देशन बमोजिम उक्त प्लेटफर्म नचल्ने जानकारी दिइएको हो ।
'सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषदको भदौ ९ गतेको र सञ्चार मन्त्रालयको भदौ १९ गतेको मन्त्रिस्तरीय बैठकको निर्णय अनुसार दर्ता नभएका प्लेटफर्म नचल्ने ' एनसेलले सूचना जारी गरेको छ ।
कम्पनीले यसबाट हुने असुविधाप्रति क्षमायाचना पनि गरेको छ ।
एनसेलले जारी गरेको सुचना
नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन