मंगलवार, १२ कार्तिक, २०८२

सामाजिक सञ्जालको गलत प्रयोग गरी भ्रामक अभिव्यक्ति दिनेलाई कानुनी कारबाही हुने

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १४ मंसिर, २०८१

सामाजिक सञ्जालको गलत प्रयोग गरी  भ्रामक अभिव्यक्ति दिनेलाई कानुनी कारबाही हुने

काठमाडौँ। गृह मन्त्रालयले सामाजिक सञ्जालको गलत प्रयोग गरी द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति दिनेलाई कानुनी कारबाही हुने बताएको छ । शुक्रबार विज्ञप्ति जारी गरी मन्त्रालयले  सामाजिक सद्भाव र मर्यादामा आँच पुर्‍याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुर्‍याउनेलाई कानुनी दायरामा ल्याइने बताएको  छ ।  

केही व्यक्तिले सामाजिक सञ्जालको दुरुपयोग गरी कानुनले निषेध गरेका द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्तिप्रतिहरु दिइ रहेको प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

मन्त्रालयले विभिन्न जातजाति, धर्म सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्ने, गाली बेइज्जत गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने एवं सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने जस्ता घृणाजन्य अभिव्यक्ति दण्डनीय अपराधको रुपमा व्यवस्था गरेको स्पष्ट पारेको छ ।

advertisement_1676998982.gif