राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २९ भाद्र, २०८२
२०८२ भदौ २९, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ सुमना श्रेष्ठले पार्टी छोडेकी छिन् । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ रास्वपाका केन्द्रीय सदस्यहरूको ग्रुपमा आफूले पार्टी छोडेको बताएकी हुन् ।
रास्वपा छोडेको जानकारी दिँदै उनले भनिन्,’ अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाँडे ।
उनले लेखेकी छिन् ।
यसअघि उनले केही महिनाअघि पार्टीको सहमहामन्त्रीबाट राजीनामा दिएकी थिइन् ।